September 3, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

ब्लिट्ज चेस सम्पन्न

भक्तपुर, ३० चैत। नव वर्ष २०७१ साल तथा बिस्केट जात्राको शुभकामनासहित आयोजित केशवनारायण ताम्राकार स्मृति खुला ब्लिट्ज रेटिङ चेस टुर्नामेन्टको उपाधि मदनकृष्ण कायष्ठले जितेका छन्। भक्तपुर दरबार स्क्वायरमा सञ्चालित स्वीस लिग ७ राउण्डको खेलमा तीन जनाले समान ६ अङ्क हासिल गरेका थिए। जसमध्ये टाइब्रेकमा मदनकृष्ण कायष्ठ प्रथम, फिडेमास्टर विलमलाल श्रेष्ठ दोश्रो र फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ तेस्रो भएका थिए। 

विश्व बुद्धिचाल महासङ्घ फिडे स्वीकृत रेटिङसहित आयोजित खेलमा ३ मिनेट प्लस २ सेकेण्ड समय दिइएको थियो। यस टुर्नामेन्टमा ५४ जना खेलाडीहरू सहभागी थिए। टुर्नामेन्टको समापनपश्चात् याछेंमा नेवारी भोजसहित शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो। कार्यक्रममा विजयी खेलाडीहरूलाई नगद तथा ट्रफि प्रदान गरिएको थियो।