September 3, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

संविधान सुझाव समितिको बैठक सुरु

काठमाडौं, ३० चैत। संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको पहिलो बैठक आइतबार नयाँ बानेश्वर संविधानसभा भवनको नुप्सेहलमा बस्यो।  

बैठक ज्येष्ठ सदस्य लीला कोइरालाको सभापतित्वमा भएको थियो। बैठकमा सबैको परिचय, सभापतिको निर्वाचन र कार्य क्षेत्रको बारेमा छलफल भएको थियो। बैठकमा नेमकिपाका सभासद् डिल्लीप्रसाद काफ्लेले भागबण्डाको राजनीति अन्त्य गरी नयाँ संविधान समाजवादी गणतन्त्र उन्मुख बनाउनुपर्ने, सभापति निष्पक्ष र तटस्थ व्यक्ति हुनुपर्ने होटेल र रिसोर्टमा समाधान नखोजी संविधानसभामा खोजिनुपर्ने, जनमतको कदर गरी जनभावना र वर्गीय आधारमा नयाँ संविधान बनाइनुपर्ने बताउनुभयो।  

बैठकको बीचमा सभापति लीला कोइरालाले अस्वस्थताको कारण देखाएपछि सभासद्हरूले बोल्न नपाएकोमा आक्रोश व्यक्त गरेका थिए। अर्का ज्येष्ठ सदस्य नरेन्द्रविक्रम नेम्वाङको सभापतित्वमा बैठक सम्पन्न भएको थियो। उक्त बैठकमा सभासद्हरूले नेताले उच्चस्तरीय समिति गठन गर्न नहुने कुरा राख्नुभएको थियो।