September 3, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

बिस्केट जात्राको लिङ्गो भाँचियो

भक्तपुर, ३० चैत। धार्मिक र सांस्कृतिक रुपले महत्त्वपूर्ण परम्परागत बिस्केट जात्राको क्रममा आइतबार भक्तपुर खँला, योसिंखेलमा उठाउन खोजिएको योसिंद्यो (लिङ्गो) भाँचिएको छ। 

प्रत्यक्षदर्शीहरूका अनुसार झण्डै आधाआधीसम्म उठाइसकिएको लिङ्गो अचानक भाँचिएको थियो। लिङ्गो पुरानो र बाङ्गो भएको कारण बाङ्गो भागमै भाँचिएको बताइएको छ। लिङ्गो भाँचिए पनि कोही पनि घाइते नभएको बताइएको छ। 

भाँचिएको लिङ्गोको भाग तुरुन्तै निकाली नयाँ लिङ्गो उठाउने व्यवस्था गरिएको थियो। 

प्रत्येक वर्ष चैत ३० गते साँझ उठाइएको हलिपत (नाग नागिनीको प्रतीक) सहितको लिङ्गो वैशाख १ गते साँझ ढाल्ने गरिन्छ ।