September 3, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

कर्णालीमा देवकोटाको संयोजकत्वमा मूल समारोह समिति

काठमाडौं, २ वैशाख। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी मूल समारोह समितिमा कर्णाली अञ्चलबाट जुम्लाका ज्येष्ठ नागरिक महाशङ्कर देवकोटालाई संयोजकमा मनोनयन गरेको छ। 

मन्त्रालयका अनुसार समितिको सदस्यमा जुम्लाका रामचन्द्र आचार्य, डोल्पाका हर्कबहादुर गुरूङ, मुगुका कविराज कार्की, कालिकोटका कृष्णराज धमला र हुम्लाका कवि शाही 'मिम्बल' गेठीलाई मनोनयन गरिएको छ। 

आगामी जेठ मसान्तभित्र आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी समारोह सम्पन्न गर्न उक्त समितिलाई जिम्मेवारी दिइएको छ।