वरिष्ठ संस्कृतिविद् जोशी र पत्रकार प्रधान सम्मानित
पानीट्याङ्की (मोरङ), ३ वैशाख। समाजमा संस्कृति पत्रकारिता र साहित्यको क्षेत्रमा योगदान गर्ने दुई स्रष्टालाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
विराटनगरस्थित बबरसिंह थापा गुठीले वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई नगद रु ५१ हजार र पत्रकार एवम् साहित्यकार प्रमोद प्रधानलाई रु. २५ हजारसहित बुधबार सम्मान गरिएको हो।
विराटनगरमा बुधबार आयोजित कार्यक्रममा दुवै जनालाई भाषाशास्त्री बालकृष्ण पोखरेलले सम्मान गर्नुभयो।
|