September 3, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

जात्रा शान्तिपूर्ण बनाउन बैठक

भक्तपुर, ३ वैशाख। भक्तपुरको प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्वक सम्पन्न गर्न बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा सर्वपक्षीय बैठक बस्यो।  

गुठी संस्थान, विद्युत् प्राधिकरण, जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुर नगरपालिका, स्थानीय टीम, क्लव, स्वयम्सेवक, पत्रकार तथा राजनैतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको बैठक जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा भएको थियो। 

बैठकमा विभिन्न राजनैतिक दलका प्रतिनिधि, सङ्घसंस्था, विभिन्न कार्यालय, टीम, क्लव, स्वयम्सेवक, पत्रकारलगायतले विगतको मूल्याङ्कन गरी बाँकी दिनको जात्रालाई संयम तथा शान्तिपूर्वक सम्पन्न गर्न आ–आफ्नो सुझाव तथा प्रतिक्रिया दिएका थिए। आफ्नो धारणा राख्ने क्रममा नेपाली काङ्ग्रेसका रवीन्द्र प्रधानले गुठी संस्थान, विद्युत् प्राधिकरणलगायतको कमीकमजोरीले झगडा भएको बताउँदै स्वयम्सेवक आफै नशालु पदार्थ सेवन गरी जात्रालाई बिथोल्न खोजेका बताउनुभयो।  

आफ्नो भनाइ राखेर बैठक छाडी जान खोज्दा  टौमढी युवा क्लव तथा अन्य स्वयम् सेवकहरूले आफ्नो ज्यानको पर्वाह नगरी अहोरात्र निःस्वार्थपूर्वक सेवा गरिरहेका स्वयम् सेवकहरूलाई गलत आक्षेप दिन नहुने प्रतिक्रिया दिए। त्यसरी नशालु पदार्थ सेवन गर्ने व्यक्तिको नाम दिन नसकी रवीन्द्र प्रधान रातो पिरो भएका थिए।  

साथै स्वयम् सेवकहरूले दलगत आरोप प्रत्यारोप नगरी जात्रालाई शान्तिपूर्वक सम्पन्न गर्न सबैले आ–आफ्नोतर्फबाट भूमिका निभाउनुपर्नेमा जोड दिए। 

बैठकमा वैशाख ५ गतेको जात्रालाई बिथोल्न जोसुकै तत्त्वहरूलाई नछाड्ने तथा प्रशासन सुरक्षा व्यवस्था कडाइका साथ लागू गर्ने जानकारी गराउँदै आ–आफ्नो जिम्मेवारी बहन गर्न अनुरोध गरिएको थियो।