September 3, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

३४ करोड बराबरको सम्पत्ति रोक्का

काठमाडौं, ४ वैशाख। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हालसम्म ५२० वटा उजुरी परेका छन्। प्राप्त उजुरीको प्रारम्भिक जाँचबुझमा लगिएकाको सङ्ख्या १२७ वटा रहेको छ भने प्रारम्भिक अनुसन्धानमा गएकाको सङ्ख्या तीन वटा रहेको छ।  

विभागका अनुसार सम्पत्ति शुद्धीकरणको विषयमा परेका उजुरीमध्ये अनुसन्धानमा रहेकाको सङ्ख्या ३१० वटा रहेका छन्। विभागले विशेष अदालतमा मुद्दा दायर गरेकाको सङ्ख्या २७ रहेका छन् भने अदालतले फैसला गरेका उजुरीको सङ्ख्या १४ रहेका छन्। यस्तै विपक्षी पुनरावेदनमा गएकाको सङ्ख्या भने एकवटा मात्रै छ।  

विभागका महानिर्देशक चुडामणि शर्माका अनुसार हालसम्म रु ३३ करोड ७२ लाख ५६ हजार बराबरको सम्पत्ति रोक्का, नियन्त्रण र जफत गरिएको छ। त्यसमा रोक्कातर्फ रु १४ करोड ७५ लाख ७२ हजार रहेको छ भने नियन्त्रण गरिएको सम्पत्तिमा रु. १० करोड २६ लाख १२ हजार रहेको छ।  

यस्तै सम्पत्तिको स्रोत खुलाउन नसकेको रु. आठ करोड ७० लाख ७२ हजार बराबरको सम्पत्ति भने जफत गरिएको छ।  

सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने वा छल्ने, सही प्रकृति स्रोत, स्थान, स्वामित्व वा सो सम्पत्तिमाथिको अधिकार लुकाउने, छल्ने वा बदल्ने, कसुर गरी सम्पत्ति प्राप्त गर्ने, प्रयोग गर्ने वा धारण गर्ने, गैरकानुनी रुपमा आर्जित आय वा कालो धनलाई विभिन्न वहानामा शुद्ध पार्ने जस्ता कसुरलाई विभागले हेर्ने गरेको छ।