September 3, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

अधिकारी हत्याका अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश

चितवन, ४ वैशाख। गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा समातिएका दुई जनालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

छविलाल पौडेललाई २० हजार र भीमसेन पौडेललाई २७ हजार रूपैंयाँ धरौटी बुझाउन आदेश दिएको छ। 

अधिकारी हत्या प्रकरणमा १३ जना माओवादी कार्यकर्ता विरूद्ध मुद्दा दायर गरिएको थियो। सर्वोस्वसहित जन्म कैद माग गर्दै दायर गरिएको मुद्दामा प्रमाण नपुग्ने र द्वन्द्वकालीन समयका घटनालाई आधार बनाएर थुनामा पठाउन नमिल्ने भन्दै उनिहरूलाई रिहाको आदेश भएको हो। 

त्यस अघि मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकमा हत्याकाण्डको आरोपमा पक्राउ परेकाहरूको मुद्दा फिर्ता लिन अस्वीकार गर्दै मेलमिलाप आयोग नबन्दासम्म द्वन्द्वकालको थप मुद्दा भने नचलाउने मन्त्रीहरूबीच सहमति भएको  हो।