September 3, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

व्यवस्थापिका–संसदको बैठक सुचारू हुन सकेन

काठमाडौं, ४ वैशाख। गोरखाको फुजेल घटनामा संलग्न भएको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा चलाइएका व्यक्तिलाई नछाडिएसम्म अबरोध कायमै राख्ने एनेकपा माओवादीको अडानका कारण व्यवस्थापिका–संसदको आजको बैठक सुचारु हुन सकेन।  

संसदको बैठक प्रारम्भ हुनासाथ नियमापत्ति गर्र्दै एनेकपा (माओवादी)का सभासद्हरू आफ्नो आसनबाट उठेर विरोध जनाउनुभयो। 

त्यसलगत्तै सभामुख सुवाष नेवाङले एनेकपा (माओवादी)का सभासद् शक्ति बस्नेतलाई आफना भनाई राख्न समय प्रदान गर्नुभयो।  

 सभासद् बस्नेतले विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ता मध्येको एक पक्ष हुनुको नाताले मुलुकमा पछिल्लो समय शान्ति सम्झौतालाई आघात पुग्ने खालका हर्कत र घटना भएको जनाउँदै त्यसलाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो।  

उहाँले मुलुकमा शान्ति सर्म्झौताविपरीतका घटना भइरहेको बारेमा संसदमार्फत सरकारलाई पटक पटक जानकारी दिंदासमेत सरकार त्यसप्रति इमानदार र प्रतिबद्ध नदेखिएको धारणा राख्दै एकपक्षीय रुपमा अघि बढ्न खोजिए शान्तिप्रक्रिया नै दुर्घटनामा पर्न सक्ने चेतावनी दिनुभयो। 

बाह्य शक्तिको चलखेलमा विदेशबाट डलर र क्रोनर ल्याएर देशमा शान्तिप्रक्रिया भाड्ने कतिपय शक्तिले काम गरिरहेको आशङ्का गरिएकोमा त्यसको सप्रमाण भेटिएकाले पुष्टि भएको बताउँदै सभासद् बस्नेतले मिडिया म्यानेजिङ्गको नाममा नर्वेजियन दूतावासबाट केके दीक्षित कम्पनीले रु. छ करोड भन्दा धेरै पैसा ल्याएर शान्तिप्रक्रिया विथोल्ने काममा खर्च गरिरहेको आरोप लगाउनुभयो। 

एनेकपा (माओवादी)का सबै सभासद् उठेर विरोध जनाइरहेपछि सभामुख नेम्वाङले प्रमुख प्रतिपक्ष अहिले पनि अवरोधको अवस्थामा रहेकाले छिटो समस्या सुल्झाएर अवरोध अन्त्य गर्ने दिशातर्फ जानु आवश्यक रहेको बताउँदै प्रतिपक्षले संसद अवरोध गरेको अवस्थामा संसदको बैठक सुचारु हुन नसक्ने जानकारी गराउनुभयो। 

त्यसपछि सभामुखले संसदको अर्काे बैठक भोलि वैशाख ५ गते बिहान १०.४५ बजे बस्ने गरी आजको बैठक स्थगन गरेको घोषणा गर्नुभयो।