नेपालमा निःसन्तान परिवारको समस्या
एक तथ्याङ्कअनुसार नेपालमा निःसन्तान दम्पत्तिको सङ्ख्या १५ प्रतिशत छ। निःसन्तान दम्पतिलाई हाम्रो पूर्वीय समाजले देहायको दृष्टिकोणले हेर्ने परम्परा छ। कुनै पनि दम्पति निःसन्तान बन्नुमा ३० प्रतिशत आईमाईको कारण, ३० प्रतिशत लोग्नेको कारण ३० प्रतिशत दुवैको संयुक्त कारण र १० प्रतिशत कुनै अज्ञानताको कारण हुनसकने दाबी गर्छन् विशेषज्ञहरू।
कुनै पनि पुरुषको अण्डकोषले चाहेजति शुक्रकिटको उत्पादन गर्न नसकेमा, शुक्रकिट उत्पादन भइहाले पनि गतिशील नभएमा। निःसन्तान हुनसक्छ त्यस्तै शुक्रबाहिनी नली बन्द भएमा, शरीरमा हर्माेनको असन्तुलन भएमा र महिलाको पाठेघरमा गुणस्तरीय अण्डा उत्पादन नभएमा पनि निःसन्तान हुनसक्छ। पाठेघर संक्रमित भएमाअण्डबाहिनी नली बन्द रहेमा हर्माेनको सन्तुलन शरीरमा नभएमा पाठेघरको मुख नखुलेको अवस्थामा मानिसहरू निःसन्तान हुन पुग्दछन्।
आजको आधुनिक सभ्यताको तडकभडक र अव्यवस्थित जीवन शैली र कृत्रिम खानपानले पनि बाँझोपनको समस्या निम्त्याएको छ। सन्तान नहुनुमा महिलालाई मात्र दोष दिने अर्को विहाह गर्ने सौता हाल्ने परम्परा नेपाली समाजका शिक्षित र सभ्य भनाउँदाहरूले नै निरन्तरता दिएको स्थिति छ। अतः विद्यालय स्थलबाट नै प्रजनन शिक्षासम्बन्धी कोर्स गराउनु आजको अवश्यकता हो। नेपालकै समस्यालाई हेरेर केही अस्पतालहरूले कृत्रिम गर्भाधारणकै समस्यालाई हेरेर केही अस्पतालहरूले कृत्रिम गर्भाधारणको अवधारणहरू ल्याएका छन्। यसर्थ निः सन्तान दम्पतिले यथाशीघ्र सम्बन्धित विज्ञसँग परामर्श गरी उचित उपाय पत्ता लगाउनुपर्छ।
शरीरमा उत्पादन हुने इस्ट्रोजन, प्रोजेस्टेटोन, ाक्ज्, ीज् महिलाका हर्माेन तथा पुरुषमा हुने ाक्ज्,ीज् र त्भकतयचष्लभ हर्माेनको अवस्था के छ? भनी पत्ता लगाउनुपर्छ। खानपान योग अभ्यास अन्य व्यायाम र प्राकृतिक जीवनशैली अपाउनुपर्छ।
यदि औषधि उपचार गर्ने ढिला भएमा पछि महिलाको उमेर बढ्दै गएपछि झन् समस्या पर्नसक्छ हाम्रो समाजमा निःसन्तानको पीडा पुरुषभन्दा महिलालाई बढी छ। सामाजिक सचेतनाजस्ता ज्ञान बढाउने विषयमा आम समुदायमा खास गरी प्रौढ व्यक्तिहरूलाई सचेत बनाइ समाजमा चेतनशीलताको विकास गराउने कुरामा आजका हामी युवा वर्गहरू सक्रिय बन्नुपर्छ। समाजका सासु समुदायले बुहारी पनि एक म/हामी जस्तै महिला हो भन्ने बुझ्नुपर्छ। यो नै हाम्रो समाजको विडम्वना हो।
मन्दिरा खड्का, प्रशिक्षार्थी
|