September 3, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

सार्वजनिक पुस्तकालयले अझै तान्न सकेन पाठकको मन

काठमाडौं, ४ वैशाख। सार्वजनिक पुस्तकालयको खाँचो पूरा गर्न आजभन्दा आठ वर्षअघि काठमाडौंंको भृकुटीमण्डपमा सञ्चालन गरिएको सार्वजनिक पुस्तकालयले अझै पाठकको मन तान्न सकेको छैन। 

पुस्तकालयका कर्मचारी इन्द्रावती राईका अनुसार पुस्तकालयमा सरदर दैनिक १०० जना पाठक आउने र ती खासगरी दैनिक पत्रिका पढ्ने गर्छन्। स्थापनाकालमा राखिएका पुस्तक र केही सङ्घसंस्थाले प्रदान गर्ने पुस्तकबाहेक नयाँ पुस्तक प्रायः नकिनिने भएकोले आकर्षण कम रहेको बताइन्छ। स्थान अभावका कारण दुई भागमा रहेको सो पुस्तकालयमा पुस्तक राख्ने स्थानको कमी रहेकोले पनि पुस्तक किन्न नसकेको र नयाँ पुस्तकको अभावको कारण पुस्तकालयले पाठकको मन तान्न नसकेको बुझिएको छ। 

काठमाडौं उपत्यकाभित्र रहेको सो सार्वजनिक पुस्तकालयको स्थापना २०६० असोजमा भई २०६२ मा मात्र सञ्चालनमा आएको हो। डा. नारायण खड्काको प्रयासबाट सुरु भएको सो पुस्तकालयमा नौ कर्मचारी छन्।  

पुस्तकालयमा विभिन्न खालका साहित्यिक, धार्मिक, राजनीतिकलगायत बालबालिका लागि बालपुस्तक समेत पाइन्छ। पुस्तकालयलाई विभिन्न राजदूतावास र राजनीतिज्ञले पुस्तक दिएर सहयोग गरेका छन्। पुस्तकालय सञ्चालन गर्न शिक्षा मन्त्रालयले प्रत्येक वर्ष रु. २० लाख रकम सहयोग गर्दै आएको कर्मचारी राईले बताउनुभयो। 

हप्ताको आइतबार बन्द हुने सो पुस्तकालयमा बालबालिकाभन्दा पनि युवा धेरै सङ्ख्यामा पढ्न आउने गरेका छन्। पुस्तकालयमा आएर पढ्न कुनै शुल्क तिर्नु नपरे पनि यहाँबाट पुस्तक लगेर पढ्नका लागि त्यसको सदस्य बन्नुपर्छ।