नागरिक सम्बन्ध समितिको बैठक
#readmoe#काठमाडौं, ५ वैशाख। संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको बैठक शुक्रबार व्यवस्थापिका–संसदको बैठकलगत्तै नुप्से हलमा बस्यो। सभापतिको चयन गर्ने भनिए पनि सर्वदलीय बैठकले सर्वसम्मत निर्णय गर्न नसके पछि अनिश्चितकालको लागि बैठक स्थगित गरियो।
बैठकको सुरुमा दलका १/१ जनालाई बोल्न दिइएको थियो। बोल्ने क्रममा नेमकिपाका तर्फबाट समितिका सदस्य डिल्लीप्रसाद काफ्लेले भागवण्डाको राजनीतिले गर्दा अयोग्य व्यक्ति पदमा पुग्ने तर काम गर्न नसकेका कारण समितिका कार्यबाही प्रभावित हुने गरेको बताउनुभयो। उहाँले कम्युनिष्टहरूको संख्या बढी भएको संविधानसभाले समाजवादउन्मुख संविधान बनाउन चासो देखाउनुपर्ने, जनताको स्वास्थ्य, शिक्षा निःशुल्क रोजगारको ग्यारेन्टी गर्ने र जनतालाई परिवर्तनको प्रत्याभूति गराउने संविधान बनाउनुपर्नेमा जोड दिनुभयो।
|