September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

अन्नपूर्ण स्कूललाई उपाधि

काठमाडांै, २३ जेठ। दसौ अन्नपूर्ण मैत्री अन्तरस्कूल चेस टुर्नामेण्टमा आयोजक अन्नपूर्ण उमावि २७ अङ्कका साथ च्याम्पियन बन्यो। शुक्रबार सम्पन्न टुर्नामेण्टमा अन्नपूर्णले २ स्वर्ण, ३ रजत र दुई काँस्यसहित कूल १५ मेडल जितेको थियो। त्यस्तै पायोनीयर स्कूल कपन २ स्वर्ण, १ रजत र १ काँस्यसहित ८ मेडल जितेर २२ अङ्कका साथ दोश्रो भयो भने भानुभक्त मेमोरियल उमावि पानीपोखरी १ रजतसहित ९ मेडलका साथ १९ अङ्क प्राप्त गरी तेश्रो भयो। 

आयोजक अन्नपूर्ण उमाविका लागि छात्रातर्फ यू १४ समूहमा खुश्बु जैसवालले स्वर्ण, यू १२ मा आरति पाण्डेले रजत तथा छात्रतर्फ रेटिङ्ग समूहमा जेनिश थापाले स्वर्ण, विकेश जैसवाल रजत र मिलन लामाले काँस्य पदक जितेका थिए। त्यस्तै पायोनीयरका लागि छात्रा यू १० मा आभा पुडासैनी र छात्र यू १२ मा विराज पुडासैनीले स्वर्ण तथा छात्रा यू १२ मा अनिषा न्यौपानेले रजत र छात्र यू १० समूहमा सम्पूर्णराज न्यौपानेले काँस्य पदक प्राप्त गरे। त्यसैगरी भानुभक्तका लागि सङ्गीता खत्रीले छात्रा यू १० समूहमा रजत पदक हासिल गरिन्। 

चारदिने टुर्नामेण्टमा फिडे रेटिङ्ग समूहमा छात्रतर्र्फ टि्रनिटी कलेजका विजय डंगोल प्रथम, गोल्डेनगेट कलेजका रूपेश जैसवाल दोस्रो र ख्वप्रिङ इ.एकेडेमीका राज प्रजापति तेश्रो भए। त्यस्तै छात्रातर्फ मर्निङ ग्लोरी स्कूल पोखराकी पूजा भण्डारी प्रथम, सरस्वती स्कूलकी उरूसा बज्राचार्य दोश्रो र अन्नपूर्णकी रेमी महर्जन तेश्रो भइन्। विजयी तथा सहभागीहरूलाई आयोजक स्कूलका प्राचार्य चन्द्रप्रकाश राजभण्डारीको सभापतित्वमा एक समारोहबीच प्रमुख अतिथि नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष राजेशहरि जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेउवा महासङ्घका उपाध्यक्ष एवं समाजसेवी दिनेश श्रेष्ठ, नेबुसङ्घका उपाध्यक्ष एवं फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ, राष्ट्रिय विजेता सीएम केशव श्रेष्ठलगायतले ट्रफि, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरे।