संविधानसभा र संसदको बैठक आइतबार
काठमाडौ २३ जेठ। संविधानसभाको बैठक शुक्रबार बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म चल्यो। बैठकमा चार दर्जन सभासद्हरूले राज्य पुनःर्संरचना र राज्य शक्तिको बाँडफाँटबारे विचार राखे। बैठक जेठ २५ गते आइतबार ११ बजेसम्मको लागि स्थगित गरिएको छ।
संविधानसभाको सचिवालय रहेको सिंहदरबार र बैठक कक्ष बानेश्वरमा रहेको क्यान्टेन बन्द हुँदा दिनभरि बैठकमा बसेका सभासद् र कर्मचारीहरूमा केही खान नपाएको चर्चा चल्यो। क्यान्टेनको खानेकुरा गुणस्तरीय नभएको कुरा धेरै अगाडिदेखि सुनिएको थियो।
संसदको बैठक पनि आइतबार साँझ ५ बजेसम्मको लागि स्थगित गरिएको छ। आइतबार समितिहरूको बैठक बिहान ८ बजेबाट राखिएको खबर छ।
|