अत्यधिक गर्मीले विद्यालय बन्द
कपिलवस्तु, २४ जेठ। अत्यधिक गर्मीका कारण जिल्लाका निजी तथा आवासीय विद्यालय एक साताका लागि शुक्रबारदेखि बन्द गरिएका छन्।
जिल्लामा एक्कासि गर्मी बढेपछि विद्यार्थी तथा शिक्षक कक्षा कोठामै बेहोस हुन थालेपछि प्याब्सन तथा एनप्याब्सनले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ।
यसअघि नेप्साअन्तर्गतका निजी विद्यालय पनि एक हप्ताका लागि बिदा गरिएको छ।
|