September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

रुपको सुन्दरताभन्दा बौद्धिक सुन्दरता महत्त्वपूर्ण

भक्तपुर, २४ जेठ। भिन्तुना वचत तथा ऋण सहकारी संस्था लि.बाट सञ्चालित तीन महिने व्युटिसियन तालिमको समापन कार्यक्रम शनिबार सम्पन्न  

भयो। 

कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं सभासद् अनुराधा थापामगरले योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त समाजवादी व्यवस्थामा मात्र हुने भएकोले नेमकिपा समाजवादी व्यवस्थाको लागि सङ्घर्षरत छ भन्नुभयो।  

पूँजीवादी व्यवस्थामा हुने धनी र गरिबबीचको दूरी धेरै हुने भएकोले समानता कायम गर्नको लागि समाजवादी व्यवस्था आवश्यक भएको चर्चा गर्दै उहाँले पूँजीवादमा सुविधाका निम्ति बढी चलखेल हुने तर सुविधाले समाजमा सर्वहारा वर्गको परिवर्तन नहुने बताउनुभयो।  

सुन्दरतासँगै स्वास्थ्य पनि जोडिएर आउने भएकोले महिलाहरूमा सुन्दरताका नाउँमा स्वास्थ्य नै बिगार्ने रसायन प्रयोग भइरहेकाले त्यसप्रति सचेत हुनुपर्छ भन्दै रुपको सुन्दरता र भित्री सुन्दता अर्थात् बौद्धिक सुन्दरता मुख्य आवश्यक रहेको चर्चा गर्नुभयो। 

संस्थाका अध्यक्ष आशकुमार कोजूले सानो रकमबाट ठूलो पूँजीको निर्माण गरी सदस्यहरूको आर्थिक विकासमा भिन्तुना साकोस अगाडि बढिरहेको बताउनुभयो। 

संस्थाको बालबालिका उपसमितिका संयोजक रञ्जना सुवालको सभापतित्वमा भएको कार्यक्रममा तालिमका संयोजक सरिता नापित, प्रशिक्षार्थी शारदा सुवाल, संस्थाका चञ्चल सुवाल, गीता केसीले पनि बोल्नुभएको थियो।  

कार्यक्रममा अतिथि थापामगरले तालिममा सहभागीहरूलाई प्रशंसापत्र तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।