September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

नेक्राविसङ्घ चितवन जिल्ला सम्मेलन सम्पन्न

चितवन, २४ जेठ। नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ चितवनको दोस्रो जिल्ला सम्मेलन शनिबार सम्पन्न भयो। 

सम्मेलनले पदम थापा मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गर्‍यो।  

सम्मेलनको बन्द सत्र सञ्चालन गर्न नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंको अध्यक्षतामा नेक्राविसङ्घका केन्द्रीय कोषाध्यक्ष रमेश श्रेष्ठ, नेक्राशिसङ्घका लक्ष्मीनारायण दुवाल र नेमकिपा चितवनका संयोजक हरिप्रसाद दुवाल रहनुभएको अध्यक्ष मण्डल गठन भएको थियो। 

सम्मेलनको बन्द सत्रमा पार्टी केन्द्रीय सदस्य गोसाईंले सङ्गठन निर्माण, सञ्चालन र कार्यकर्ताका जिम्मेवारीबारे प्रशिक्षण दिंदै नेमकिपाका नेता कार्यकर्ताहरूले सदैव देश र कामदार वर्गका जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर संघर्ष गर्दै आएको बताउनुभयो। 

सङ्घका केन्द्रीय कोषाध्यक्ष रमेश श्रेष्ठले नवउदारवाद, अराजकतावाद, संशोधनवाद आदि सैद्धान्तिक विषयमा प्रशिक्षण दिनुभएको थियो।  

त्यस्तै शिक्षक लक्ष्मीनारायण दुवालले सङ्गठन र गतिविधिमा लाग्दा आइपर्ने समस्या र समाधानबारे प्रशिक्षण दिनुभएको थियो। 

सम्मेलन बन्दसत्रले सम्मेलन तयारी समितिका संयोजक पदम थापा मगरले प्रस्तुत गरेको जिल्ला समितिको प्रतिवेदन परिमार्जनसहित पारित गरेको थियो।