September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

तालिमबाट सिकेको ज्ञान व्यवहारमा उतार्नुपर्नेमा जोड

भक्तपुर, २४ जेठ। भक्तपुर नगरपालिकाद्वारा गरिबी न्यूनीकरण कार्यक्रमअन्तर्गत सञ्चालित पाक शिक्षा र एडभान्स सिलाई कार्यक्रममा प्रशिक्षार्थीबीच वनभोज कार्यक्रम शनिबार सूर्यविनायकमा भयो।  

कार्यक्रममा भनपाका जननिर्वाचित उपमेयर चैत्यराज शाक्यले फोहर न्यूनीकरण गर्ने, जैविक र अजैविक फोहर छुट्याउन नगरवासीहरूबाट घर/घरबाट फोहर छुट्याई  सहयोग गरेमा फोहरलाई राम्रो कम्पोष्ट मल बनाई कृषिमा सदुपयोग गर्नसकिने बताउनुभयो। नगर फोहर भएपछि नगरवासीहरूमा विभिन्न रोग लागि पैसा खर्चिरहनुपर्ने प्रष्ट पार्दै उहाँले नगरलाई सफा राखेर नगरवासीको उपचारमा हुने खर्च जोगिनु पनि एक किसिमको आय नै हो भन्नुभयो। 

उहाँले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो। 

भनपा वडा नं. १५ का जननिर्वाचित वडाध्यक्ष रवीन्द्र खर्बुजाले सीप सिकेर युवाहरूले रोजगारी पाइरहेको बताउँदै नगरपालिकाले शिक्षा र स्वास्थ्यमा धेरै लगानी गरी देशभरिका नागरिकलाई सेवा पुर्‍याइरहेको बताउनुभयो। भनपा कर्मचारी एसोसियसनका अध्यक्ष गौतमप्रसाद लासिवाले जनप्रतिनिधिहरूबाट सुरू गरेको तालिम कार्यक्रमलाई निरन्तरता दिंदैआएको बताउनुभयो। 

कार्यक्रममा तालिम संयोजक काशीलाल प्रजापति, प्रशिक्षक श्रीराम विरवल, प्रशिक्षार्थीद्वय लक्ष्मीसुन्दर गाइजू र रेनुका प्रधानले पनि बोल्नुभएको थियो।