देश र जनताको सेवाका लागि उच्च शिक्षा
भक्तपुर, २४ जेठ। प्रभात इङ्गलिस उच्च माविको आयोजनामा एसएलसी दिएर बसेका विद्यार्थीहरूलाई मार्ग निर्देशन कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य, सभासद् एवं प्रभात सार्वजनिक शैक्षिक गुठीका अध्यक्ष प्रेम सुवाले विद्यार्थीहरूले देश र जनताको सेवा गर्ने उद्देश्यले उच्च शिक्षा हासिल गर्नुपर्ने बताउनुभयो।
जीवनमा पेसा नै सबै थोक नभएकोले धेरै पैसा कमाउने र मोजमस्ती गर्ने उद्देश्य लिनु हुँदैन उहाँले भन्नुभयो।
उहाँले भक्तपुरका उच्च माविहरूको शैक्षिक गुणस्तर राम्रो भएकोले विद्यार्थीहरूलाई भक्तपुरकै भक्तपुरकै उच्च माविहरूमा अध्ययन गर्नु उपयुक्त हुने सुझाव दिनुभयो।
प्रभात शैक्षिक गुठीका सदस्य बालमुकुन्द बासुकलाले प्रभात उच्च माविको शैक्षिक गुणस्तर अन्य उच्च माविहरू भन्दा कम नभएकोले प्रभातमै उच्च शिक्षा अध्ययन गर्न सम्झाउनुभयो।
गुठीका अर्का सदस्य गौतमप्रसाद लासिवाले अध्ययन गर्नेे कुनै पनि विषयमा विशेषज्ञता हासिल गनुपर्ने औंल्याउनुभयो।
विद्यालयका प्राचार्य विमल राजचलको सभापतित्वमा भएको कार्यक्रममा उपप्राचार्य केबी प्रजापति, उमावि इञ्चार्ज हरिराम सुवाल र शिक्षक राजेन्द्र खड्काले पनि बोल्नुभएको थियो।
|