September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

'बुद्धिजीवीहरुको खोज–अनुसन्धानले संसारमा परिवर्तन ल्याउँछ'

भक्तपुर, २४ जेठ। 'बौद्धिक क्षेत्रले देश र समाजको निम्ति सेवा गर्नुपर्छ। समाजमा विभिन्न वर्गका बुद्धिजीवीहरू भए पनि गरिव वर्गको सामाजिक आर्थिक एवं सांस्कृति विकासको लागि कार्य गर्नु आजको कर्तव्य हो। बौद्धिक समूहले आफ्नो पेशाका साथसाथै देश र जनताको पक्षमा ज्ञान प्रयोग गर्नुपर्छ।' 

उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा सभासद् नारायणमान बिजुक्छें (रोहित) ले बौद्धिक विकास समूह व्यासीद्वारा आयोजित 'समाजमा शैक्षिक जनशक्तिको भूमिका' विषयक मार्गनिर्देशन तथा छलफल कार्यक्रममा व्यक्त गर्नुभएको हो।  

उहाँले कुनै पनि देशको विचारले यदि हामीलाई प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा गर्छ भने उक्त विचार अनुशरण गरी देशको परिस्थितिअनुरुप उपयोग गर्नुपर्ने र राजनीतिकरुपमा व्याख्या र विश्लेषण गरी समाज परिवर्तनका निम्ति उपयोग गर्न सके जनताको सेवा हुने र देशको विकासमा टेवा पुग्ने बताउनुभयो।  

खोज र अनुसन्धान विज्ञान र प्रविधिलाई समेत राज्य प्रयोग गर्छ, परराष्ट्र सम्बन्धमा कूटनीतिक रुपमा चिन्तन गर्ने जनशक्तिको आवश्यक रहेको र हरेक बुद्धिजीवीहरू अँध्यारोमा बाटो देखाउने बत्ती बन्नुपर्छ अध्यक्ष रोहितले भन्नुभयो।  

बौद्धिक समुदायले आफूलाई कहिल्यै पनि कमजोर ठान्नु नहुने भन्दै उहाँले त्यसो भएमा देश नै कमजोर स्थितिमा पुग्ने चर्चा गर्दै ज्ञान र सीपलाई तिखार्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।  

नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईंले बुद्धिजीवी समूहले डिग्री हासिल गरेर बहुराष्ट्रिय कम्पनीको दास बन्नबाट टाढा हुनुपर्ने र साम्राज्यवादी संरा अमेरिकाले बन्दी बनाइएका पाँच क्युवाली युवा जनशक्तिको रिहाई अन्तर्राष्ट्रिय माग भएकोले ती युवाहरूको रिहाइ तुरुन्त गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। 

आयोजक समितिका अध्यक्ष डा. रत्नसुन्दर लासिवाको सभापतित्वमा भएको उक्त कार्यक्रममा बौद्धिक विकास समूहका सचिव सूर्यमान कोजूले समूहको कार्यपत्र तथा उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा समूहका नुतनप्रसाद सुवालले पनि बोल्नुभएको थियो।