September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

भक्तपुर नगरपालिका हो वा भादगाउँ?

१. देशको फोहर सहरमध्ये एक हो। 

२. हनुमानघाट र हनुमन्ते फोहर –खासांखुशी पनि फोहर छ। 

३. दुइटा उपचार पोखरीमध्ये एउटा पनि चल्दैन। 

४. ओखरपौवाजस्तो फोहर फाल्ने ठाउँको बन्दोबस्त छैन। 

५. नगरभित्रै बाक्लो बस्ती र विद्यालयहरू भएको टोलमा गिटी, बालुवा र इँटाको बजार छ।  

६. साँगुरो गल्लीमा समेत ८ पाङ्ग्रे, १० पाङ्ग्रे ट्रक गुड्छ।  

७. खानेपानीको हाहाकार छ।  

८. दिसामुक्त नगर, गाउँ र जिल्ला झूटा हो –विदेशी पैसा पचाउने मेसो हो। 

९. नगरभित्र पस्ने ढोकै जगातीमा सडक र पेटीमा गिटी, बालुवा र इँटाको डङ्गुर छ, नागरिक भावना छैन। 

१०. दोहोरो मोटर, बस र ट्रक चल्ने दायाँ–बायाँ सवारी पार्किङ गरिन्छ।  

११. जगातीदेखि कमलविनायकसम्म फोहर, पेटीमा पसलको सामान, जथाभावी मोटर, मोटरसाइकल बिसाइन्छ। 

१२. गल्लीमा बाटो छैन, पेटीमा पसल छ।  

१३. भक्तपुर नगरपालिका भङ्ग गरी यहाँका जाँचकी, निरीक्षक, इञ्जिनियर र प्रशासकहरूलाई अब बन्ने ७२ वटा नगरपालिकाहरूमा कार्यकारी अधिकृत बनाए कसो होला? 

यसकारण भक्तपुर नगरलाई गाविस बनाई 'भादगाउँ' बनाए कसो होला? नगर र सहर बन्न नागरिक भावना चाहिन्छ, भक्तपुरमा त्यो भावना छैन।  

– एक भादगाउँले 

गोल्मढी, भक्तपुर