September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

नगर घोषणापूर्व व्यापक छलफल आवश्यक

भक्तपुर, २५ जेठ। भक्तपुर जिल्लाका नगरोन्मुख गाविसहरू मिलाई नयाँ नगरपालिका वा पुरानो नगरपालिकामा समावेश गरी भक्तपुर जिल्लालाई गाविसविहीन बनाउने सम्बन्धमा राजनैतिक दलका प्रतिनिधि नपाका प्रतिनिधि र गाविसका प्रतिनिधिसहित भक्तपुर जिल्ला नगर निर्धारण सिफारिस समितिको बैठक आइतबार बस्यो। 

उक्त बैठकमा नेपाल मजदुर किसान पार्टी भक्तपुरका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठले नगरपालिका बनाउने सम्बन्धमा छलफल भएको राम्रो हो, यसलाई अझ व्यापक बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो। उहाँले  नगरपालिका भएपछि के के हुने, कुन–कुन गाविसहरू मिलाउँदा राम्रो हुन्छ, सीमा कसरी निर्धारण गर्ने, नगरपालिका चल्ने आधारहरू आदिबारे सघन रुपमा छलफल चलाउँदै नगरपालिकाको लागि आवश्यक भौतिक पूर्वाधारसमेत सरकारले तयार गर्दै व्यवस्थित नगरपालिका घोषणा गर्नुपर्ने विचारहचुवाको भरमा नगरपालिका घोषणा गरेमा जनताले दुःख पाउने बताउनुभयो। उहाँले भूगोलसम्बन्धी ज्ञाताहरू राखी सीमासम्बन्धी छलफल, नगरघोषणापछि नगरपालिका चलाउन आवशयक आन्तरिक आर्थिक स्रोतहरूबारे पनि व्यापक छलफल गर्नुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो। 

नेकाका गणेशमान चक्रधरले वैज्ञानिक रुपमा वडा विभाजन गर्नुपर्ने बताउनुभयो। 

नेकपा एमालेका राजेन्द्र राजथलाले हतारमा नगरपालिका घोषणा गरेर पछि पछुताउनुपर्ने काम गर्नुभन्दा पहिले नै व्यापक छलफल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। उहाँले स्थानीय निकायको निर्वाचनपछि मात्र नपा घोषणाको कुरा उपयुक्त हुने बताउनुभयो। 

नेकपा माओवादीका देवेन्द्र श्रेष्ठले राज्यले संघीयता र राज्य पुनःसंरचनाको कुरा स्वीकार गरेको हुँदा अहिले नगरपालिका घोषणा बेतुकको कुरा भएको र अहिलेको प्रशासनिक विभाजनले व्यापक जनताको हित हुन नसकेकोले नै राज्य पुनःसंरचनाको कुरा उठेको हुँदा जिल्लाको सिमाना पनि हेरफेर हुनसक्ने हुँदा तत्काल नगरपालिका घोषणा गर्न नहुने कुरा राख्नुभयो। 

राप्रपाका सुरेन्द्रप्रताप शाह, राप्रपा नेपालका युवती कार्की, नेकपा (माले) का अदिप खड्कालगायत अधिकांश वक्ताहरूले नगरोन्मुख गाविसलाई नगरपालिका बनाउनु राम्रो भए पनि अहिले हतारमा जे हुन्छ भनी नगरपालिका घोषणा गर्न नहुनेमा जोड दिनुभयो।