September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

अर्थ समितिको निर्देशन

काठमाडौं, २५ जेठ। व्यवस्थापिका–संसद् अर्थ समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैङ्कले आगामी आवको मौद्रिक नीति तर्जुमा गर्दा देशमा तरलता र विदेशी विनिमय व्यवस्थापन गर्दै कृषिलगायत उत्पादनशील क्षेत्र, विपन्न वर्ग र ग्रामीण क्षेत्रमा बैङ्किङ सेवा बढाउने कुरालाई विशेष ध्यान दिन निर्देशन दिएको छ।  

मौद्रिक नीतिको सैद्धान्तिक र व्यावहारिक पक्षको बारेमा जानकारी लिने उद्देश्यले आइतबार बसेको समितिको बैठकले देशको समग्र आर्थिक वृद्धि हासिल गर्न समितिमा उठाइएका कुरालाई कार्यान्वयन गर्न निर्देशन दिएको हो। बैठकमा सभासद्ले गरिब, विपन्न र पिछडिएका वर्ग, कृषिसहित उत्पादनशील क्षेत्रमा बैङ्किङ सेवा तथा लगानी बढाउन सुझाव दिनुभएको थियो। सभासद् भरतमोहन अधिकारीको सभापतित्वमा बसेको सो बैठकमा अर्थ सचिव युवराज भुसाल र सहसचिव कृष्णप्रसाद देवकोटा, नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. युवराज खतिवडा, डेपुटी गभर्नर गोपालप्रसाद काफ्ले र कार्यकारी निर्देशक डा. मीनबहादुर श्रेष्ठको पनि सहभागिता थियो। उहाँहरूले मौद्रिक नीतिको विविध पक्षको बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो।