September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

संसदमा हो–हल्ला अवरोध खुलेन

काठमाडौं, २५ जेठ। व्यवस्थापिका संसदको बैठक आइतबार साँझ ६ः५६ मा सुरू भयो।  

बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्ष एनेकपा माओवादी, राप्रपा नेपाल, मधेसवादी लगायतका दलहरूले उठेेर अवरोध गरेका थिए। सभामुख सुवास नेम्वाङले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई बोल्ने अनुमति दिएपछि बोल्ने क्रममा गच्छदारले जेठ १६ गतेबाट अवरूद्ध संसदलाई आजसम्म पनि खुलाउन नसक्नु सरकारकै कमजोरी हो भन्दै चार बुँदे सहमति कार्यान्वयन गर्न नसक्नु, अर्थ मन्त्रालयले अरबौं रूपैयाँ रकमान्तर गरी अनियमित रूपमा खर्च गरेको भन्दै काम गर्न नसके नेकां र एमालेका नेताहरूले बनारसको सारनाथमा गएर माला जप्नु पर्ने हुन्छ भन्नुभयो।  

सारनाथका कुरा उठाएपछि नेकांका नेता एवं सभासद् रामचन्द्र पौडेलले नियमापति गरे पछि केही समय संसदमा हो–हल्ला भएको थियो।  

सभामुखले सोमबार दिउँसो ३ बजेसम्मको लागि बैठक स्थगित गरेको छ।