राज्य पुनःसंरचनासँगै आर्थिक समानताको संवैधानिक व्यवस्था हुनुपर्ने
काठमाडौं, २५ जेठ। संविधानसभाको बैठकमा राज्यको पुनःसंरचना र राज्य शक्तिको बाँडफाँटबारे छलफल चालू रह्यो।
नेपाल मजदुर किसान पार्टीका सभासद् अनुराधा थापामगरले सरकारको नेतृत्वमा पटक–पटक गएका दलहरूले शासन प्रणालीलाई दोष पन्छाउँदै गरेकोलाई खण्डन गर्दै शासक दलहरूको नियत नै गलत हुँदा देश र जनताले दुःख पाएको चर्चा गर्नुभयो।
उहाँले प्रत्येक प्रदेशमा तराई, पहाड र हिमाल समावेश हुने गरी राज्य पुनः संरचना गर्नुपर्ने आवश्यकता औंल्याउँदै आर्थिक समानता हुने संवैधानिक व्यवस्था नभएसम्म देश र जनताको हित नहुने स्पष्ट गर्नुभयो।
झण्डै साढे चार दर्जन सभासद्ले भाग लिएको बैठक साँझ ५ बजेसम्म चल्यो।
बैठक सोमबार बिहान ११ बजे बस्नेछ।
|