September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

प्राविधिक त्रुटी, प्रिन्ट मिस्टेक वा नियत

नवौं महाधिवेशनको नजिक पुगेको एमालेको विधानबाट मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हटाइने र पार्टी झण्डा परिमार्जन गरी हँसिया–हथौडा अंकित झण्डामा कलम थप्ने विधानबारे समाचार सार्वजनिक भयो। कम्युनिष्टहरूको लागि मार्क्सवाद–लेनिनवाद र माओ त्से तुङ विचारधारा प्राणकै रुपमा हुन्छ। एमालेले आफ्नो विधानबाट मार्क्सवाद–लेनिनवाद हटाउने बताएको कुनै नयाँ विषय होइन किनभने एमालेले धेरै अगाडि नै यो एजेण्डा छाडिसकेको हो। एमालेबाट तीनजना प्रम भए। ती सरकारहरूको आर्थिक मोडेल नेकां सरकारको भन्दा फरक छैन। यसकारण नेपालका राजनीतिक विश्लेषकहरूले एमालेलाई पहिले नै 'भाई कांग्रेस' बताएका थिए। आज पुष्टि हुँदैछ। 

एमालेले आफ्नो पार्टी कार्यालयमा अमेरिकी राजदूतलाई स्वागत गर्न मार्क्स, एंगेल्स, लेनिन, स्तालिन र माओ त्से तुङको तस्वीर हटाएका थिए। एमालेलाई मत दिनेहरूले कम्युनिष्ट होइन एक पूँजीवादी पार्टी या नेकाको विकल्पको रुपमा दिएका थिए। कोशी र गण्डक सम्झौतालाई राष्ट्रघाती बताएको एमाले नेकासँग मिलेर महाकाली सन्धिजस्तो देशघाती सन्धीमा हस्ताक्षर गर्न पुग्यो। 

एमालेका दोस्रो तेस्रो दर्जाका एक नेताले प्राविधिक त्रुटीका कारण 'प्रिन्ट मिस्टेक' भएर विधानमा मार्क्सवाद–लेनिनवाद छुट्टिन गएको स्पष्टीकरण दिए। यो झूट हो। एमाओवादीको हेटौडा महाधिवेशनमा 'देशको सीमानाबारे जनमत संग्रह गर्ने' विषय दस्तावेजमा आएको थियो। यसले एमाओवादीले पनि प्राविधिक त्रुटी र 'प्रिन्ट मिस्टेक' दाबी गरेको थियो। नेपालको कम्युनिष्ट आन्दोलनको मूलधार दाबी गरेका एमाले र एमाओवादी दुवै कम्युनिष्ट सिद्धान्तबाट च्यूत भइरहेका छन्। नेपाली जनता आर्थिक राजनीतिक, सांस्कृतिक रुपले पछाडि पारिएका हुनाले कम्युनिष्ट पार्टीप्रति बफादार छन्। यही अवसर एमाओवादी र एमालेले लिइरहेका छन्। एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले पार्टीको नाम 'कम्युनिष्ट' शब्द झुण्डिएको र हँसिया–हथौडा झण्डा' चुनावमा मजदुर–किसानको मत लिने उपाय बताएका थिए। आज फेरि सोही तथ्य पुष्टि हुँदैछ।