वडा–वडामा सामाजिक सुरक्षा भत्ता वितरण
भक्तपुर, २६ जेठ। भक्तपुर नगरपालिका वडा नं. १, वडा नं. २ र वडा नं. १० मा आइतबार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। भक्तपुर नगरपालिका वडा नं. १ मा ११८ जना एकल महिला, १२९ जना ज्येष्ठ नागरिक र २ जना पूर्ण अशक्तलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ भने आइतबार छुटेकालाई जेठ २८ गते वितरण गरिनेछ।
वडा नं. २ मा ११२ जना ज्येष्ठ नागरिक, ६४ जना एकल महिला, ३ जना पूर्ण अशक्तलाई रकम वितरण गरिएको वडा सचिव राजेन्द्र दिस्तीले बताए।
त्यस्तै पहिलाको एक कित्ता लिन छुट भएको एक जना एकल महिलालाई पनि भत्ता वितरण गरेको किस्तीले जानकारी दिए। उनका अनुसार आइतबार लिन छुटेकालाई पुन यही आउँदो असार १ गते वितरण गरिनेछ।
यसैगरी भ.न.पा. १० मा १४७ जना ज्येष्ठ नागरिक, ८४ जना एकल महिला, १ जना आंशिक अशक्त र ५ जना पूर्ण अशक्त गरी २३७ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सचिव बुद्धिप्रसाद दुवालले जानकारी दिएका छन्। उनका अनुसार छुट भएकालाई यही असार ३ गते कृषि विकास बैङ्क लि. भक्तपुरमा वितरण गरिनेछ।
जेठ २५ गते आइतबार भ.न.पा वडा नं. १, २ र १० मा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो भने २६ गते सोमबार भ.न.पा वडा नं. ३, ४ र १३ वडामा वितरण गरिने भक्तपुर नगरपालिकाले जानकारी दिएको छ।
त्यस्तै जेठ २६ गते दिन वडा नं. ३ का जेष्ठ नागरिकहरूले भत्ता वितरण नेपाल बैङ्क शाखाका कर्मचारी वडामै आई सामाजिक सुरक्षा भत्ता वितरण गरियो। जसमा जेष्ठ नागरिकहरूलाई ७८ जनतालाई रु. १,५६,००/–, एकल महिलाहरूलाई आ.ब ७०/७१ को दिन बाँकी भत्ता समेत १०१ जनालाई रु. २,१६,००/– पूर्ण अशक्त नागरिक २ जनालाई रु. ८०००/– र आङ्शिक अशक्त २ जनालाई रु.२,४००/– गरी जम्मा रु. ३,८२,४०० /– भत्ता वितरण गरियो। भत्ता लिन छुटेका जेष्ठ नागरिकहरूलाई पुनःएकपटक वडा कार्यालयमा नै असार १ गते आइतबार बिहान १०ः०० बजे सामाजिक भत्ता वितरण गरिने वडा सचिव पुण्यराम लाखाले बताउनुभयो। |