सहकारी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
भक्तपुर। भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको संस्थागत विकास उपसमितिको आयोजनामा जिल्ला विकास समिति भक्तपुरको साझेदारमा चार दिने सहकारी प्रशिक्षक प्रशिक्षण तालिम कृषि विकास बैंक लि. तालिम केन्द्र बोडे भक्तपुरमा जेठ २५ गते सम्पन्न भयो।
तालिमको समापन समारोहका प्रमुख अतिथि डेक राज पोखरेल, संघका अध्यक्ष राधेश्याम सुवाल, सहजकर्ता उषा मल्ल सिंहलगायतले सहकारी प्रशिक्षकहरुका जिम्मेवारीबारे प्रष्ट्याउनुभएको थियो।
कार्यक्रममा प्रशिक्षार्थीहरु सनिता श्रेष्ठ र गणेशप्रसाद दुवाल, संघका व्यवस्थापक बालकृष्ण धोजुले पनि बोल्नुभएको थियो।
संघका सञ्चालक एवं संस्थागत विकास उपसमितिका संयोजक केदार खड्काको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो। तालिममा २६ वटा संस्थाबाट २७ जनाको सहभागिता रहेको थियो।
|