September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

दलहरूसँग प्रारम्भिक वार्ता सुरु

काठमाडौं, २६ जेठ। वार्ताका लागि आनन्द ढुङ्गानाको संयोजकत्वमा समिति गठन गरी क्रियाशील रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सचिव एवम् संविधानसभाका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। 

संविधानसभाभित्र रहेका राजनीतिक दलहरूबीचमा देखिएका असहमतिलाई सहमतिमा ल्याउने प्रयास स्वरुप सोमबार संविधानसभामा प्रतिनिधित्व गर्नेहरूसँग प्रारम्भिक वार्ता र विचार विमर्श भएको प्रवक्ता शर्माले बताउनुभयो। 

विगत संविधानसभाको सहमतिमा देखिएका चुनौती र वर्तमान अवस्थामा पनि सहमतिलाई मूल आधार मानी संविधानका अन्तरवस्तुमाथि छलफल गरी सहमतिकै आधारमा प्रक्रियामा जानेलगायतका विषयवस्तुहरूमा छलफल केन्द्रित भएको उहाँले बताउनुभयो। 

समितिका सदस्य अशोक राईले राज्य पुनःसंरचनाको बारेमा सुझावहरू सङ्कलन गर्न छलफलमा बोलाइएको बताउँदै आ–आफ्ना दलका तर्फबाट राय सुझावहरू दिइएको बताउनुभयो। 

छलफलपछि मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले संविधान निर्माणका विषयमा मधेसी दलहरूसँगको छलफल भएको जानकारी दिनुभयो।