September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

काठमाडौं–२ मा नेमकिपाको प्रचार

काठमाडौं, २६ जेठ। संविधानसभा उपनिर्वाचन क्षेत्र न. २ मा नेमकिपाको प्रचारप्रसार सोमबार पनि चालू रह्यो। 

प्रचारको क्रममा कामपा वडा नं ३५ मा घरदैलो कार्यक्रम तीनकुने चोकमा भेला भई महादेवस्थान, पेरिसडाँडा हुँदै बालकुमारी सिमानासम्म पार्टीको अपिल र उम्मेदवारको परिचयसहितको पर्चा वितरण गरिएको थियो। प्रचारमा माइकिङ गर्दै जनताको भोटमाथि विश्वासघात गर्नेहरुको विरोधमा, सत्ता भागबण्डाको झगडा गरी संविधान नलेख्ने दलहरुको विरोधमा आफ्नो अमूल्य मत नेमकिपाको मादलमा हाल्न सचेत मतदाताहरुमा अनुरोध गरिएको थियो।