|
सङ्घीयताबारे छलफल चालू
काठमाडौं, २६ जेठ। संविधानसभामा राज्य पुनर्संरचना र प्राकृतिक स्रोत तथा अधिकारको बाँडफाँटसम्बन्धी छलफल जारी रह्यो। छलफलमा ३२ जना सभासद्हरुले भाग लिएका थिए। नेका र एमालेका सभासद्हरुले ५–७ वटा प्रदेशहरु उत्तर दक्षिण, प्राकृतिक स्रोत साधन र बहुपहिचानको आधारमा बनाउनुपर्ने, आर्थिक रुपले धान्न सक्ने गरी सङ्घीयतामा जानुपर्ने भन्दै जातजाति, भाषाभाषी, एक मधेस, एक प्रदेश र धेरै प्रदेश बनाउन नहुने, आत्मनिर्णय र स्वायत्त प्रदेश बनाउँदा जनताको भावनाविपरीत हुने भन्ने विचार राखेका थिए। एनेकपा माओवादी र मधेसवादी दलहरुले एकल पहिचान र आत्मनिर्णयसहितको स्वायत्त मधेस प्रदेश नभए देशमा पुनः लडाइँ हुने भनी आ–आफ्नो भनाइहरु राखेका थिए। अर्को बैठक २०७१ साल जेठ २७ गते दिउँसो ११ः०० बजे बस्नेछ।
|