सोमबार पनि संसद अवरुद्ध
काठमाडौं, जेठ २६। व्यवस्थापिका संसदको बैठक आज पनि अवरुद्ध रह्यो। दिउँसो ३ बजे सुरु भएको बैठक प्रमुख प्रतिपक्ष एनेकपा माओवादी, राप्रपा नेपाल, मधेसवादी दलहरु र अन्य दजलहरुले बैठक सुरु हुनासाथ उठेर अवरोध गरेका थिए। सभामुखले सांसद् अशोककुमार राईलाई बोल्न अनुमति दिएपछि राईले सरकारले चारबुँदे सहमति कार्यान्वयन नगरेको, आर्थिक एमालेका सांसदले नियमापत्ति गरेका थिए। सभामुखले बैठक एक घण्टाको लागि स्थगित गर्नुभयो। स्थगित बैठक पुनः सुरु भएपछि फेरि पनि उठेर अवरोध गरेका थिए। सभामुखले सांसद सुरेन्द्रकुमार कार्कीलाई बोल्न अनुमति दिएपछि कार्कीले पनि प्रतिपक्षहरुले राखेका मागहरु साल हुँदाहुँदै पनि सरकारले समाधानको बाटो नलिएकाले बैठक सञ्चालन गर्न नदिने भनेपछि सभामुखले बैठक २०७१ साल जेठ २८ गते अपराह्न ५ बजेसम्मका लागि स्थगित गर्नुभयो।
चार बुँदे सहमतिमा उच्चस्तरीय समिति गठनको विषय पनि भएको र संसदबाहिर भएको चार दलको सो सहमति संसदभित्र छलफल गर्न नपर्ने संसदका बाँकी दलहरुको मत रहेको छ।
|