अनुदान उपलब्ध गराउने
काठमाडौं, २७ जेठ। सरकारले आगामी आर्थिक वर्षदेखि कृषि व्यवसायमा लाग्ने युवालाई ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गर्ने भएको छ।
कृषि व्यवसायमा युवालाई आकर्षित गरी व्यवसाय प्रवर्द्धन गर्ने लक्ष्यले उक्त योजना ल्याउन लागिएको कृषि मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेलले अनुदान उपलब्ध गराउनका लागि यो वर्षको बजेटमा रु. २३ करोड प्रस्ताव गरिएको राससलाई जानकारी दिनुभयो।
१८ वर्षदेखि ५० वर्ष उमेरसम्मका युवाले उक्त अनुदान प्राप्त गर्न सक्ने सहप्रवक्ता लुइँटेलले बताउनुभयो। व्यवसाय गर्न चाहने युवालाई व्यवसायको प्रकृति हेरेर रु. ५० हजारदेखि रु. दुई लाखसम्म अनुदान उपलब्ध गराइने छ।
उक्त कार्यक्रममा ४० हजार युवालाई समेट्ने लक्ष्य मन्त्रालयको छ।
|