|
च्वङा गणेश स्थानमा सत्तलको शिलान्यास
भक्तपुर, २७ जेठ। ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्वको च्वङा गणेश स्थानमा फेरि नयाँ सत्तल निर्माण हुने भएको छ। उक्त सत्तल निर्माण गर्न च्वङा वणेश विकास समितिका अध्यक्ष लक्ष्मीनारायण राजलवटले मङ्गलबार एक कार्यक्रमबीच विधिपूर्वक शिलान्यास गर्नुभयो।
३४'215215215२५' को सत्तल निर्माण गर्न करिब ३० लाख रूपैयाँ लाग्ने जानकारी सो अवसरमा अध्यक्ष राजलवटले दिनुभयो। समितिका कोषाध्यक्ष विष्णु प्रजापतिले भक्तजन, समाजसेवी र चन्दादाताहरूलाई सत्तल निर्माणमा सक्दो सहयोग गर्न आग्रह गर्दै रू. ५ हजारभन्दा बढी सहयोग गर्ने सहयोगीको नाम शिलापत्रमा राख्ने र रू. १० हजारसम्म सहयोग गर्ने कुनै दातालाई सत्तल निर्माणपछि एक वर्षसम्म कुनै पनि कार्यक्रम तथा समारोहमा सत्तल निःशुल्क उपलब्ध गराउने विचार व्यक्त गर्नुभयो। च्वङा गणेश स्थानमा समयसँगै विभिन्न मेला, पर्व, समारोह गर्नेहरूको चाप बढ्दै गएको हुँदा च्वङा गणेश विकास समितिको सक्रियतामा सो सत्तल निर्माण गर्न लागेको आयोजक समितिले जनाएको छ।
यसअघि पनि सोही स्थानमा समितिले विभिन्न सत्तल, पाटी, शौचालय, खुड्किलो, प्रवेशद्वार, पाटी ट्याङ्की, वृक्षारोपण तथा अन्य सुधारात्मक कार्य तथा सफाइ अभियान गरेको थियो।
|