September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

निजामती कर्मचारीलाई 'प्राइभेट' काम गर्न बन्देज

काठमाडौं, २७ जेठ। कर्मचारीले अब 'प्राइभेट' काम गर्न नपाउने भएका छन्। निजामती सेवा ऐनलाई संशोधन गर्न सरकारले गत आइतबार संसदमा दर्ता गरेको विधेयकमा निजामती सेवाका कर्मचारीलाई कार्यालयको काम प्रभावित हुने भन्दै आर्थिक लाभका लागि अन्य कुनै पनि काम गर्न नपाइने व्यवस्था गरिएको छ। 

विधेयकमा 'निजामती कर्मचारीले अन्यत्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा गर्ने कार्य गर्नु हुँदैन' भन्ने उल्लेख छ। अब उनीहरूले कलेज, विद्यालय, ट्युसन, कोचिङ क्लासमा पढाउन पाउने छैनन्। त्यस्तै गैरसरकारी संस्थामा रही परामर्श दाताका रूपमा पनि काम गर्न नपाइने भएको छ। अख्तियारवालाको स्वीकृति लिएर सरकारी निकायलाई लाभ हुने कार्य भने गर्न पाइने विधेयकमा उल्लेख छ। 

वैधानिक तरिकाले आर्थिक उपार्जन गर्ने बाटो सबै सरकारले बन्द गरिदिएर गैरकानुनी काम र भ्रष्टाचार गर्न प्रेरित गर्ने काम गरेको कर्मचारीले गुनासो गरेका छन्। त्यस्तै विधेयकले विदेशको ग्रिनकार्ड, पीआर लिन पनि पाउने छैनन्। नयाँ व्यवस्थानुसार राष्ट्रिय तथा अन्तर्राष्टिय शैक्षिक, प्रािज्ञक तथा अनुसन्धानमूलक सङ्घसंस्था, नेपाल सदस्य राष्ट्रिय रहेको क्षेत्रीय वा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा काम गर्न सम्बन्धित निकायको स्वीकृत लिनुपर्नेछ।