September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

वडा नं. ६ मा भत्ता वितरण

भक्तपुर, २८ जेठ। भक्तपुर नगरका वडाहरूमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम चालू छ।  

नेपाल बैङ्क लिमिटेडका प्रतिनिधिहरूको उपस्थितिमा बुधबार वडा नं. ६ मा सामाजिक सुरक्षा भत्ता वितरण गरियो।  

वडा सचिव साहिला वैद्यका अनुसार उक्त दिन ज्येष्ठ नागरिक ९९, एकल महिला ७६ र पूर्ण अशक्त ७ जनालाई भत्ता वितरण गरिएको थियो।  

बाँकी छुटेकाहरूलाई असार ३ गते वितरण गर्ने वडा कार्यालयले जनाएको छ।