|
काठमाडौंमा चुनावी प्रचार
काठमाडौं, २८ जेठ। काठमाडौं क्षेत्र नं. २ मा यही असार ८ गते हुने उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सनकमान महर्जनलाई अत्यधिक मतले जिताउन क्षेत्र नं. २ का विभिन्न ठाउँहरूमा प्रचारप्रसार सम्पन्न भयो। प्रचारको क्रममा लप्सीफेदी गालिनको जहरसींपौवा, लप्सीफेदी कार्तिके भञ्ज्याङ र सुन्टोल गाविसको साँखु बजारलगायतका ठाउँमा पम्प्लेटिङ तथा पर्चा वितरण भयो।
|