इञ्जिनियर समाजको तालिम
भक्तपुर, २८ जेठ। नेमकिपाका सभासद् अनुराधा थापामगरको सिफारिसमा इञ्जिनियर समाज नेपालले ४५ घण्टे व्यवासायिक अटो क्याड ९ब्गतय ऋब्म्० तालिम बुधबारदेखि भक्तपुरमा सुरु गरेको छ।
देशको विकास निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति तयार पार्ने उद्देश्यले तालिम सञ्चालन गरेको इञ्जिनियर समाज नेपालका सचिव नरेश खत्रीले जानकारी दिनुभयो। तालिममा विभिन्न जिल्लाका २० जना प्रशिक्षार्थीहरू सहभागी भएका छन्।
|