September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

बासु उमाविमा मार्ग निर्देशन

भक्तपुर, २९ जेठ। बासु उच्च माविको आयोजनामा २०७० सालमा एसएलसी दिएर बसेका विद्यार्थीहरूलाई विभिन्न विषयमा मार्ग निर्देशन कार्यक्रम बिहीबार सम्पन्न भयो। कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले एकथरी विद्यार्थीहरू पैसा कमाउन र अर्का थरी विद्यार्थीहरू समाज परिवर्तन गर्न उच्च शिक्षा हासिल गर्छन् भन्नुभयो।  

उहाँले भन्नुभयो, 'विद्यार्थीहरू संसार बदल्न उच्च शिक्षा हासिल गरी श्रमजीवी वर्गको पक्षमा उभिन्नु पर्छ। देश र समाजको लागि आवश्यक जनशक्ति प्राप्त गर्ने विषय छान्नुपर्छ। हामी असफल भयो भन्दैमा निरास हुनुहुँदैन। आत्मविश्वासका साथ निरन्तर लागे अवश्य एक दिन सफल हुन्छ।' 

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष रवीन्द्र ज्याख्वले प्राकृतिक रूपमा धनी देशलाई उचित व्यवस्थापन गर्न नसक्दा र विभिन्न खानीहरू उत्खनन् गर्न नसक्दा गरिब हुनु परेको बताउनुभयो।  

विद्यालयका प्राचार्य अम्बिका न्याइच्याईको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक विश्वमोहन जोशी, धनकृष्ण प्रजापति, देविका दनेखू, उपप्राचार्य लक्ष्मीभक्त लासिवा र पुरूषोत्तम नापितले पनि बोल्नुभएको थियो।