September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

अख्तियारद्वारा आठजनाविरुद्ध आरोपपत्र दर्ता

काठमाडौं, २९ जेठ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न शिक्षण संस्थाको प्रवेश परीक्षा उत्तीर्ण गराइदिन्छु भनी मोटो रकम उठाउने शिक्षा मन्त्रालयका तत्कालीन उपसचिव वेणीमाधव भट्टराईलगायत आठजनाविरूद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको छ।  

आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार उपसचिव भट्टराईलगायतले नेपाल र भारतका विभिन्न शिक्षण स्ांस्थामा एमबीबीएस, एमडी र एमबीए तथा इञ्जिनियरिङ विषयमा प्रवेश परीक्षा उत्तीर्ण गराइदिन्छु भनी ५७ जना व्यक्तिबाट रू.चार करोड ५० लाख उठाएको अनुसन्धानबाट खुलेकाले उनीहरूविरूद्ध आरोपपत्र दर्ता गरिएको हो।  

यस्तै, पदको दुरूपयोग गरी रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, जनकपुरका सहप्राध्यापक डा. विनोदकुमार मिश्र र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका विज्ञान तथा प्रविधि सङ्कायका उपप्राध्यापक मनोज मिश्रले रू. २६ लाख ७२ हजार घुस लिएको पुष्टि भएकोले हदैसम्मको कारबाहीको माग गर्दै आरोपपत्र दर्ता गरिएको छ।  

उनीहरूलाई जनही रू. चार करोड ७६ लाख ७२ हजार बिगो कायम गरिएको छ। उनीहरूका पाँचजना आफन्तले सो रकम लिए/दिएको देखिएकाले उनीहरूलाई पनि जनही रू.३७ लाख १२ हजार बिगोसहित कारबाहीको माग गरिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो।  

उनीहरू सबैमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ अनुसार कारबाहीको माग दाबी गरिएको छ।