September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

एसएलसी परिणाम आज पाँच बजे

काठमाडौं, २९ जेठ। परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार साँझ ५ बजेसम्ममा एसएलसी परीक्षाको रिजल्ट सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भन्नुभयो, 'नतिजा सार्वजनिक गर्ने तयारी लगभग सकियो। कुनैखालको प्राविधिक त्रुटि देखिएन भने शुक्रबार साँझ ५ बजेसम्ममा परीक्षा नतिजा प्रकाशित हुनेछ। शिक्षा मन्त्रालयका सचिव अध्यक्ष रहने बोर्ड बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको छ। गत वर्ष भएको एसएलसी परीक्षामा ५ लाख ४८ हजार २ सय ४८ परीक्षार्थी सहभागी थिए। त्यसमा १ लाख ४६ हजार ७ सय ३३ एक्जाम्टेड छन्। २०७० साल चैत ६ बाट सुरू भएको परीक्षा १३ गतेसम्म चलेको थियो।