September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

पीडकबाटै क्षतिपूर्ति व्यवस्था माग

काठमाडौं, २९ जेठ। संविधानसभा बैठकमा बिहीबार मौलिक अधिकार र राज्यको निर्देशक सिद्धान्तबारे छलफल जारी रह्यो।  

छलफलमा भाग लिंदै नेपाल मजदुर किसान पार्टीका सभासद् अनुराधा थापामगरले गुणस्तरहीन उत्पादनबाट क्षति पुगेका पीडितलाई पीडकबाटै क्षतिपूर्ति दिनुपर्ने व्यवस्था उल्लेख हुुनुपर्ने बताउनुभयो।  

सम्पत्तिमाथि सिमाङ्कनको विरोधमा सभासद्हरूले राखेको विचार खण्डन गर्दै उहाँले सम्पत्तिमाथि सिमाङ्कन र जग्गामा हदबन्दी गर्न हुन्न भन्ने विचार  पुरानो, सामन्ती एवं पूँजीवादी चिन्तनको अभिव्यक्ति भएको बताउनुभयो।  

उहाँले भन्नुभयो, 'आमा वा बुबाको वंशजको आधारमा सन्तानलाई नागरिकता दिनु उपयुक्त हुनेछ।' संविधानमा १८ वर्ष उमेरका युवाहरूलाई अनिवार्य सैनिक तालिम, विदेशमा सम्पत्ति राख्न नपाउने र देशद्रोही, ठगी, मानव बेचविखन र भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था स्पष्ट किटान गर्नुपर्ने सभासद् थापामगरको जोड थियो।  

उहाँले सुत्केरी महिलालाई सुत्केरी पूर्व एक महिना र पछि दुई महिना तलबी बिदा र ज्येष्ठ नागरिकहरूलाई आदर निकेतन तथा बाँच्न पुग्ने भत्ताको व्यवस्था मौलिक हकमा व्यवस्था गर्नुपर्ने विचार राख्नुभयो। छलफलमा ८५ जना सभासद्हरूले भाग लिनुभएको थियो।