September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

मौलिक अधिकार तथा निर्देशक सिद्धान्तबारे बहस

काठमाडौं, २९ पुस। संविधानसभा क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिले  बिहीबार नुुप्से हलमा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त विषयमा अन्तरक्रिया कार्यक्रम गर्‍यो।  

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सभासद् डिल्लीप्रसाद काफ्लेले शिक्षामा कूल बजेटको २४ प्रतिशत छुट्याई माविसम्मको शिक्षा अनिवार्य, निःशुल्क उच्च शिक्षा, स्वास्थ्य उपचार निःशुल्क, रोजगारको ग्यारेण्टी, क्रान्तिकारी भुमिसुधारको सिद्धान्तअनुसार जमिन जोत्नेलाई, सम्पत्तिको सिमाङ्कन, वंशजको आधारमा नागरिकता दिएमा मात्र जनताले मौलिक अधिकारको प्रत्याभूति गर्ने भएकोले सोहीअनुसार नयाँ बन्ने संविधानमा जनताका मागहरू पूरा हुनेछन् भन्नुभयो।  

समितिका सभापति लक्ष्मी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभासद् वृण्डा पाण्डे, कानुनका सहसचिव टङ्कप्रसाद ढुङ्गाना, संविधानविद् दीपेन्द्र झालगायतले बोल्नुभएको थियो।