एघारौं विश्व रक्तदाता दिवस
भक्तपुर, ३० जेठ। एघारौं विश्व रक्तदाता दिवसको अवसरमा खुला रक्तदान तथा जिल्लाव्यापी अन्तर माविस्तरीय चित्रकला प्रतियोगिताको प्रदर्शनी दरबार स्क्वायरमा शुक्रबार भयो।
चित्रकला प्रतियोगितमा १६ वटा विद्यालयका २९ जना विद्यार्थीहरूले भाग लिएका थिए।
रगत र रक्तदानसम्बन्धी अभिचेतना जगाउने उद्देश्यका साथ भएको चित्रकला प्रतियोगितामा लनर्स एकेडेमीका शर्मिला भैल प्रथम, द राइजिङका सृजना सुवाल द्वितीय, गोल्डेन गेट स्कूलका विनाया बज्राचार्य तृतीय, नवरत्न स्कूल र विद्या विकास स्कूलका अञ्जू प्रजापति र पूर्णिका गोथे सान्त्वना भएका थिए। त्यस्तै कम्प्युटर वेभका आयुष वनमालाले विशेष पुरस्कार प्राप्त गरेका थिए।
आयोजक समितिका अध्यक्ष मुक्तिसुन्दर जधारीका अनुसार विजेताहरूलाई जून १४ को दिन पुरस्कार तथा प्रमाण वितरण गरिनेछ।
त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा भएको रक्तदानमा सातजना महिलासहित ३२ जना रक्तदाताहरूले रक्तदान गरेका थिए।
|