ठक्करबाट मृत्यु
भक्तपुर, ३० जेठ। मिनीट्रकको ठक्करबाट घाइते भएकी सिरुटार–५ की एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
जिल्लाको बालकोट गाविस माइक्रोबस पार्कमा गएराति बा २ ख ४४२२ नम्बरको मिनीट्रकले पैदल हिंडिरहेकी ७२ वर्षीया गीता कार्कीलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ।
प्रहरीका अनुसार घाइते कार्कीको बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचारका क्रममा राति १०ः१५ बजे मृत्यु भएको हो। प्रहरीले ठक्कर दिने मिनीट्रक, चालक र सहचालकलाई नियन्त्रणमा लिएको जनाएको छ।
|