मिठाई तालिम सम्पन्न
भक्तपुर, जेठ २९। श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लि. को महिला उपसमितिको आयोजनामा ६ दिने मिठाई तालिमको पुरस्कार वितरण तथा समापन कार्यक्रम सम्पन्न गरियो।
संस्थाका अध्यक्ष नातिभाई ह्योम्बाले स्वाङश्यबर्धक मिठाई परिकारहरू बनाई व्यवसायिक रुपमा अगाडि बढ्न सकिने कुरा व्यक्त गर्नुभयो। तालिमका प्रशिक्षक रामबहादुर योगीले तालिममा सिकेका विभिन्न परिकारहरूलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो।
महिला उपसमितिका संयोजक पञ्चमाया दुवालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष रामप्रसाद खायमली लक्ष्मीशोभा कोजू, आशामति कोजू तथा शर्मिला बोहजूलगायतले आफ्नो कुरा राख्नुभएको थियो।
२८ प्रशिक्षार्थी भएको उक्त तालिममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो। |