September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

चर्चबाट १३ बालबालिकाको उद्धार

विराटनगर, जेठ ३१। धर्म परिवर्तन गराउन ल्याएको आशङ्का जिल्ला प्रशासन कार्यालय मोरङले 'धर्म परिवर्तन गराउन उद्देश्यले चर्चमा लुकाएर राखेको अशङ्कामा' १३ जाना बालबालिकाको उद्वार गरेको छ।  

जुम्लाबाट ल्याइएका ती बालबालिका शोराभाट–७ स्थित एउटा चर्चमा थुनेर राखेको अवस्थामा फेला परेको प्रशासन कार्यालयले जनाएको छ। 

'जुम्लाबाट धर्म परिवर्तन गर्न ल्याएको थाहाँ पाएर हामीले उद्वार गरेका हौं,' सहायक सिडिओ प्रेमप्रसाद लुइँटेलले भने, 'यी बालबालिका खान नपाएर र चर्चमा गुम्सिएका रहेछन्। 

  उद्धार गरिएका वालवालिकालाई प्रहरीले सीडीओ कार्यालयमा ल्याइपुर्‍याएको छैन। उनीहरूको विस्तृत ठेगानाबारे समेत जानकारी भइनसकेको लुइँटेलले बताए। 

  'चर्चमा यसरी कलिला उमेरका बालबालिकालाई राख्नु आफैमा गैरकानूनी हो,' सहायक सिडिओ लुइटेलले भने।