September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

अध्यागमन कर्मचारीलाई जेल सजाय

काठमाडौं, ३० जेठ। विशेष अदालतले साउदी अरबबाट फर्किएकी भोजपुरकी सीता राईसँग घूस लिने अध्यागमन विभागका तत्कालीन अधिकृत रामप्रसाद कोइरालासहित तीन कर्मचारीलाई चार महिना कैद सजाय सुनाएको छ।  

राईलाई बलात्कार गरेको आरोपमा थुनामा रहेका प्रहरी जवान पर्शुराम बस्नेतलाई पनि जेल सजाय सुनाइएको छ। 

न्यायाधीश केदारप्रसाद चालिसे, मोहनरमण भट्टराई र भुपेन्द्र राईको इजलासले तत्कालीन अधिकृत कोइरालासँगै टीका पोखरेल, नायव सुब्बा सोमनाथ खनाल र प्रहरी जवान पर्शुराम बस्नेतले घूस लिएको ठहर गर्दै अदालतले ४ महिना कैद र ५९ हजार ७ सय रूपैयाा जरिवानाको सजाय सुनाएको हो।  

'चारै जना दोषी ठहर भएका छन्' विशेषका प्रवक्ता नातिबाबु लामिछानेले भने। 

कतारमा रोजगारी गरेर फर्किएकी सीता राई (पीडित युवतीको परिवर्तित नाम, जुन स्थापित भएको थियो) नक्कली पासपोर्टमा विदेश गएको थाहा पाएपछि अध्यागमनका कर्मचारीले उनीसँग रहेको ८ हजार ५ सय साउदी रियल घूस लिएका थिए। रकम लुटेपछि भोजपुर जाने बस चढाइदिन्छु भन्दै प्रहरी जवान बस्नेतले नयाँ बसपार्क पुर्‍याएर बलात्कार गरेका थिए। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २ लाख ५६ हजार घूस लिएको दावी गर्दै विशेषमा मुद्दा दायर गरेको थियो। 

जिल्ला अदालत काठमाडौंले नायब सुब्बा खनाल र प्रहरी जवान बस्नेतलाई ५ हजार जरिवानासहित एक वर्ष कैद सजाय सुनाएको थियो भने अधिकृत कोइराला र पोखरेललाई सफाइ दिएको थियो। 

राईलाई बलात्कार गर्ने प्रहरी जवान बस्नेतलाई ५ वर्ष ६ महिना कैद र ५१ हजार जरिवाना गरिसकेको छ।