काठमाडांै क्षेत्र नं. २ मा नेमकिपाको प्रचार जारी
काठमाडौं, ३० जेठ। सविधानसभा उपनिर्वाचन क्षेत्र न. २ मा नेमकिपाका उम्मेदवार सनकमान महर्जनलाई अत्यधिक मतले विजयी गराउन प्रचारप्रसार जारी छ।
सविधानसभा उपनिर्वाचन क्षेत्र न. २ मा नेमकिपाको प्रचारप्रसार बिहीबार र शुक्रबार पनि चालू रह्यो। प्रचारको क्रममा गोठाटार र मूलपानी गाविसमा पार्टीको अपिल र उम्मेदवारको परिचय भएको पर्चा वितरण भएको थियो। प्रचारमा माइकिङ्ग गर्दै समाजवादउन्मुख सविधानको लागि सङ्घर्षरत, देश र जनताको हितमा समर्पित नेमकिपालाई मतदान गर्न अपिल गरिएको थियो।
|