September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

संसदमा पूर्वबजेटबारे छलफल सुरू

काठमाडौं, ३० असार। शुक्रबार बसेको व्यवस्थापिका–संसदको बैठकले २०७० सालको संविधानसभा निर्वाचनका बेला भएको धाँधली विषयमा अध्ययन–अनुसन्धान गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। समितिमा नेका, एमाले र एमाओवादी पार्टीबाट २/२ जना र मधेसी दलबाट एकजना गरी सात सदस्य छन्। नेपाली काङ्ग्रेसका चीनकाजी श्रेष्ठले प्रस्ताव गरेपछि एमालेका राजेन्द्र पाण्डे र एमाओवादीका गिरिराजमणि पोखरेलले समर्थन गर्नुभएको थियो।  

बैठकको सुरूमा सभामुख सुवास नेम्वाङले केही सभासद्हरूलाई बोल्न अनुमति दिनुभएको थियो। सो क्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा सभासद प्रेम सुवालले गत वर्ष भक्तपुर र काभ्रेमा म्याद नाघेको डीवाई ६९ जातको धानको बीउका कारण धानबाली नष्ट भएको र हजारौं किसान परिवारलाई सरकारले क्षतिपूर्ति नदिएकोले तत्काल क्षतिपूर्ति दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो।  

उहाँले बागमती र विष्णुमती नदीलाई सफा गर्न हनुमन्तेलाई पनि सफा गर्नुपर्ने भएकोले फोहर ढललाई ठाउँ ठाउँमा उपचार पोखरी बनाएर खोलामा पठाउनुपर्ने र फोहर ढललाई सिधै खोलामा पठाइरहेकोलाई तत्काल रोक्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।  

सभासद् सुवालले शासक दलहरूका सांसदहरूको सिफारिसमा मन्त्रालयबाट सिधै जिविसमा  पठाएको योजनामा आर्थिक अनियमितता भएको भन्ने विचार राख्दै सभामुखले रोक्नुभएको थियो।  

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नियमावलीको नियम ११६ (२) अनुसार सभामुखले पेश गर्नुपर्ने प्रस्ताव संसदले पेश गरेकोमा नियमापत्ति गर्नुभएको थियो।  

व्यवस्थापिका–संसदमा पूर्वबजेटबारे सिद्धान्त र प्राथमिकतामा सम्बन्धमा छलफल प्रारम्भ भयो। छलफलमा डा. बाबुराम भट्टराई, रामचन्द्र पौडेल, सुरेन्द्र पाण्डे, मानबहादुर विश्वकर्मा, अशोक राई, रामकुमार राई, लक्ष्मण राजवंशी, हरिचरण शाह, गोपाल दहितसमेतले बोल्नुभएको थियो।  

संसदको अर्को बैठक असार १ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित गरियो भने संविधानसभाको सोही दिन बैठक बिहान ११ बजे बस्नेछ।